शनिबार, वैशाख १५, २०८१

दुई हजार गीतमा स्वर भरेकी गायिका पूर्णिमा लामा, जो संगीतमै जीवन बिताउन चाहन्छिन्

नरेन्द्र रौले २०८० फागुन ४ गते १९:१५

गल्छी गाउँपालिका ७ मछेडीखोला, धादिङकी पूर्णिमा लामा नेपाली गीत संगीत क्षेत्रकी चर्चित गायिका हुन् । डेढ दशकदेखि निरन्तर सक्रिय लामाले गाएका गीतहरु दर्शक तथा श्रोताहरुको मनमा बसेका छन् । उनले स्वर भरेका ‘मुटु जली खरानी भो,’ ‘फूल भनौं जिन्दगीलाई,’ ‘धेरै माया नगर्नु यहा“ कसैलाई’ जस्ता चर्चित गीतहरु लाखौं दर्शक तथा श्रोताको मन–मनमा बसेका छन् ।

छोटो समयमै गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल गायिका हुन्, पूर्णिमा । कसैले जीवनभर लामो समय संघर्ष गर्दा पनि सफलता हासिल गरेका हुँदैनन् । त्यस अर्थमा उनी सफल र भाग्यमानि ठान्छिन् । उनले गाएका ‘आगो’, ‘बन्दुक र गोली’ लगायतका चर्चित गीतहरुले युट्युबमा १० लाखभन्दा बढी भ्युज पाएका छन् । यस्तै ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ लगायत उनका थुप्रै गीत चर्चामा छन् । हालसम्म उनकाे स्वरमा ३ सय भन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।

पूर्णिमा ८ वर्ष अगाडी काठमाडौं प्रवेश गरेकी थिइन् । श्री बागेश्वरी उमाबि, बैरेनीबाट २०७२ मा एसईई पास गरेपछि थप पढाई र संगीतका लागि उनी काठमाडौं आईन् । सामाखुसीस्थित लिंकन कलेजबाट होटेल म्यानेजमेन्ट विषयमा ‘प्लस टु’ उत्तिर्ण गरिन् । उनी औपचारिक रुपमा म्युजिक विषय नै पढ्न चाहन्थिन् । संगीत औपचारिक रुपमा पढ्ने, सिक्ने उनको इच्छा अझै मरेको छैन । उनले अनौपचारिक रुपमा डोरेमी इन्सिट्च्युट्मा १ महिना र गान्धर्ब संगीत विद्यालयमा चार महिना संगीत सिकिन् । त्यसपछि लकडाउनमा उनी धादिङ गईन् ।

घुमफिर भनेपछि हुरुक्कै हुने पूर्णिमा
पूर्णिमा गायनको सिलसिलामा पूर्णिमा धादिङ, रुकुम पूर्व, डोटी, डडेलधुरा, जुम्ला, सुर्खेत, धरान, तेहथुम, काभ्रे, काठमाडौंका विभिन्न स्थानमा पाइला टेकिसकेकी छिन् । नेपालबाहेक उनी सन् २०१८ मा हङकङ, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, घुमिन् । सन् २०१९ मा संयुक्त अरब इमिरेट्सको दुबई, र २०२० मा कतार पुगिन् । उनले दुबई दोहोर्‍याएर घुमेकी छिन् । घुमेका ठाउँमध्ये कोरिया उनलाई सबैभन्दा राम्रो लाग्यो ।

‘घुमेका स्थानमध्ये नेपालमा कहाँ राम्रो लाग्यो ?’
‘मलाई पहाड राम्रो लाग्छ ।’ पूर्णिमाले भनिन्, ‘सुदूरपश्चिम राम्रो लाग्यो । कला, संस्कृति, भाषा, त्यहा“का मानिसहरुले गर्ने ब्यबहार मनपर्‍यो । त्यताको संसार नै अर्कै लाग्छ ।’ सुदूरपश्चिम पुग्न गा¥हो भए पनि निकै सुन्दर र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण लाग्यो । फिल्म सुटिङ गर्नलायक स्थानहरु छन् । उनी बडिमालिका र खप्तड पुग्न चाहन्छिन् । सुदूरपश्चिमकै भाकामा उनलाई गीत निकाल्न मन छ ।

‘मलाई डाँडापाखा, हरियाली मन पर्छ । टाउको दुखेको छ भने पनि पहाड घुम्दा ठिक हुन्छ ।’ पूर्णिमा भन्छिन् ‘शहर भन्दा गाउँ धेरै मन पर्छ ।’ पछिल्लो समय बाजुराको बडिमालिकाका भिडिओहरु सामाजिक सञ्जालहरुमा देखेपछि उनलाई जाने रहर जागेको छ । बाजुराको बडिमालिकामा देखिने बादल, हरियाली, रंगीबिरंगी फूलहरुले उनको मन लोभ्याएको छ ।

एक पटक रुकुम पूर्व जिल्लाको यात्राका क्रममा १५ घण्टा लाग्यो । जाँदा बाटोभरी बान्ता भयो । तर, रुकुम पूर्व पुग्दा बाटाभरीका सबै कष्ट भुलिन् । यस्तै जुम्ला पुग्दा गाउँलेहरुले स्याउका माला लगाइदिए । त्यो यात्रा यादगार रह्यो ।

पूर्णिमालाई घुम्न एकदमै रुची छ । नयाँ–नयाँ ठाउँ खोजी गर्नु घुम्नु उनको रुची हो । उनलाई रारा, बडिमालिका, खप्तड, बाग्लुङको ढोरपाटन पुग्न मन छ । उनी निरन्तर गइरहने स्थान पोखरा हो । पोखरा गयो भने धम्पुसतिर हाइकिङमा निस्किन्छिन् । प्रकृतिसँग नजिक हुन चाहन्छिन् ।

संगीतसंग पूर्णिमाको नशा
पूर्णिमाका लागि संगीत नशा हो । सबैभन्दा नजिकको साथी हो । उनका लागि संगीत सुन्दर चीज हो । कुनैपनि काम संगीतबिना अपुरो नै हुन्छ । ‘संगीत मेरा लागि कर्म, धर्म हो । सधैं अनुशासन पालना गरेर अगाडी बढ्नेछु । खान लाउन नपाए पनि यसैमा समर्पित हुनेछु ।’ उनी भन्छिन्, ‘गीत संगीतबाट घर बनाउँछु, पैसा कमाउँछु भन्ने छैन । तर, यसैमा समर्पित हुन मन छ ।’ उनी आफूलाई भाग्यमानि ठान्छिन् ।

पूर्णिमाका बुबा रिटायर्ड नेपाली सेना हुन्, आमा गृहिणी । उनका एक दाई, र एक भाई छन् । दिदी भने ५ जना छन् । काठमाडौं आउँनु अघि नै उनले जिल्लास्तरमा पहिचान बनाइसकेकी थिइन् । अहिले राष्ट्रियस्तरमा अझ चर्चा बटुलिन् ।

पूर्णिमाको भावी लक्ष्य
पूर्णिमाले महत्वकांक्षा बोकेकी छैनन् । उनी गीत, संगीतमै रमाउँन, जीवन बिताउँन चाहन्छिन् । ‘गीत, संगीत क्षेत्रमा आउन चाहनेलाई के सुझाब दिनु हुन्छ ?’ ‘गीत संगीतको ज्ञान सदाबहार चाहिन्छ । बिना अध्ययन, ज्ञान गीत संगीत अधुरो छ ।’ उनी भन्छिन्, ‘आफूलाई टिकाइराख्ने हो भने ज्ञान चाहिन्छ ।’

सम्मान तथा अवार्ड
मुभिज प्रा.लि.नेपाल र सिन्धुपाल्चोक सेवा समाज दुबईको सयुंक्त आयोजनामा सम्पन्न ५ औं ज्योति फिल्म्स म्युजिक अवार्ड २०८० समारोहमा गायिका लामा ‘ज्योती फिल्म्स संगीत रत्न’ सम्मानद्वारा सम्मानित भइसकेकी छिन् ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गायिका पूर्णिमा लामा एपिक संगीत रत्न सम्मान पाएकी छिन् । यस्तै चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ मा एपिक संगीत रत्न सम्मानपत्र सहित ३३ हजार ३३३ रुपैया नगद पुरस्कार प्रदान पाएकी छिन् । उनले पाँचौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड (२०७३ सर्वोत्कृष्ट नवगायिका), पहिलो नेपाल म्युजिक अवार्ड (२०७५ सर्वोत्कृष्ट नव गायिका), ११ औं बिन्दबासिनी म्युजिक अवार्ड २०७७ (सर्वोत्कृष्ट गायिका सुगम संगीत), नवौं म्युजिक खबर म्युजिक अवार्ड २०७८ (सर्वोत्कृष्ट गायिका सुगम संगीत) लगायत दर्जनौं अवार्डहरु हात पारिसकेकी छिन् ।

प्रतिक्रिया