सोमबार, जेठ ७, २०८१

बिहिबार कतिमा किनबेच हुँदैछ सुन ?

मेरोन्यूज २०८० फागुन ३ गते ११:४०

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको भाउ स्थिर छ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मूल्यमा कारोबार भइरहेको हो ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया