आइतबार, जेठ ६, २०८१

फागुन ७ गतेदेखि हुने कोरियन भाषा परीक्षा कहाँ हुँदै छ ? (सूचनासहित)

मेरोन्यूज २०८० फागुन ३ गते ८:४२

काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो । 

Advertisement

उक्त परीक्षा हुने स्थान पनि तय गरिएको छ । फागुन ७ गते हुने ईपीएस कोरिया शाखा ग्वार्को, ललितपुरका अनुसार कोरियन भाषा परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान भैंसेपाटीमा हुनेछ ।  

परीक्षा दिन दुई घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ । निर्धारित मिति, समय र सिफ्टमा आवश्यक कागजात राहदानी र प्रवेश पत्रसहित उपस्थित नहुनेलाई परीक्षामा समावेश गराइने छैन ।

प्रतिक्रिया