आइतबार, जेठ ६, २०८१

टेबलटेनिसकी सिक्काले जितिन् ‘पिपुल्स च्वाइस अवार्ड’

मेरोन्यूज २०८० माघ २८ गते १८:५५

काठमाडौं । टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले पिपल्स च्वाइस अवार्ड हात पारेकी छिन् ।

Advertisement

नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत दिइने पिपल्स च्वाइस विधाको मनोनयनमा परेका ५ खेलाडीमध्येबाट सबैभन्दा धेरै मत पाएर सिक्काले यो अवार्ड पाएकी हुन् ।

टेबलटेनिसकी सिक्का डबल्समा राष्ट्रिय च्याम्पियन र स्ट्याग ग्लोबल च्याम्पियन्स लिगकी विजेता हुन्।

दक्षिण कोरियामा भएको एसियन च्याम्पियनसिपमा सहभागी उनी यसै वर्ष चीनमा भएको एसियन गेम्समा समेत सहभागी थिइन्।

प्रतिक्रिया