आइतबार, जेठ ६, २०८१

जिरोनामाथि रियल म्याड्रिडकाे शानदार जित

मेरोन्यूज २०८० माघ २८ गते ९:१८

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले जिरोनामाथि शानदार जित हासिल गरेको छ।

Advertisement

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले जिरोनालाई ४-० गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा जुडे बेलिंगघमले २ गोल गरेका थिए भने भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरेका थिए।

यो जितपछि रियल म्याड्रिडले दोस्रो स्थानमा रहेको जिरोनामाथि स्पष्ट ५ अंकको अग्रता हासिल गरेको छ। रियलको २४ खेलमा ६१ अंक भएको छ भने जिरोनाको ५६ अंक रहेको छ।
 

प्रतिक्रिया