आइतबार, जेठ ६, २०८१

एक खेलअगावै नेपालले जित्यो क्यानडाविरूद्धको सिरिज

मेरोन्यूज २०८० माघ २७ गते १६:३५

काठमाडौं । नेपालले क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको छ।

Advertisement

शनिबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडालाई ४ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिजको एक खेल बाँकी रहँदै जितेको हो।

क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रन बनाए । यस्तै देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे ।

पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएकाे थियो। आजको खेलमा पनि विजयी भएसँगै नेपालले सिरिज जितेको हो।

नेपालले सिरिजको अन्तिम खेल सोमबार खेल्नेछ।

प्रतिक्रिया