आइतबार, जेठ ६, २०८१

क्यानडाविरुद्ध नेपालले तेस्रो विकेट गुमायो, देव खनाल आउट

मेरोन्यूज २०८० माघ २७ गते १५:५७

काठमाडौं । एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाविरुद्ध नेपालका देव खनाल आउट भएका छन् ।

Advertisement

खनाल ७६ रन बनाउँदै आउट भएका हुन् । उनले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।

देवले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि १ सय ५० रनको साझेदारी गरेका थिए ।

क्यानडाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपाल ३४.३ ओभरमा ३ विकेट गुमाएर २१५ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया