आइतबार, जेठ ६, २०८१

ओडीआईमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बने अनिल

मेरोन्यूज २०८० माघ २७ गते १४:४५

काठमाडौं । एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालका अनिल शाहले नेपालका लागि ओडीआईमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमानी आफ्नो नाममा बनाएका छन् ।

Advertisement

क्यानाडासँगको खेलमा उनले १९ बलमा अर्धशतक पूरा गर्दै अनिलले कीर्तिमानी आफ्नो नाममा बनाएका हुन् ।

यसअघि आसिफ शेखले गत वर्ष पपुवा न्यु गिनीविरुद्ध २१ बलमा अर्धशतक बनाएका थिए।

अर्धशतक बनाएका अनिल बिसौं बलमा भने आउट हुन पुगे । २०औं बलको सामना गर्दा उनलाई क्यानेडियन बलर ईश्वरजोत सोहीले एलबीडब्लू धरापमा पारे।

प्रतिक्रिया