मंगलबार, जेठ १, २०८१

सम्पत्ति शुद्धीकरण मुद्दामा श्याम परदेशीले पाए सफाइ

मेरोन्यूज २०८० माघ २३ गते १८:०६

काठमाडौं । मिटरब्याजी भनेर चिनिने सर्लाहीका श्याम परदेशी (श्यामकरण साह)ले सम्पत्ति शुद्धीकरणको अभियोगमा सफाइ पाएका छन् ।

Advertisement

विशेष अदालतले उनीमाथि लगाइएको सम्पत्ति शुद्धीकरणको अभियोग पुष्टि हुन नसक्ने ठहर सहित उनलाई सफाइ दिएको हो । उनी माथि २० साउन २०७९ मुद्दा दायर भएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसहित पत्नी मञ्जु देवी, छोरी इला, ज्वाइँ रामबाबु प्रसादका नाममा मुद्दा चलाएको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीमाथिको मुद्दाको फैसला स्थापित हुन नसक्ने ठहर गरेको हो ।

प्रतिक्रिया