आइतबार, जेठ ६, २०८१

संघीय संसद्को महासचिवमा पद्‌मप्रसाद पाण्डेय नियुक्त

मेरोन्यूज २०८० माघ २३ गते १७:५५

काठमाठौं । संघीय संसद् सचिवालयको महासचिवमा पद्‌मप्रसाद पाण्डेय नियुक्त भएका छन् ।

Advertisement

उनलाई नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम महासचिवमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मंगलबार मात्र पाण्डेयले प्रतिनिधिसभाको सचिवबाट राजीनामा दिएका थिए । राजीनामा स्वीकृतिसँगै राष्ट्रपतिले उनलाई महासचिवमा नियुक्त गरेका हुन् ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति

प्रतिक्रिया