बुधबार, जेठ २, २०८१

शान्तिवाटिकामा धर्नामा बसेकालाई महानगर प्रहरीले हटायो

मेरोन्यूज २०८० माघ २३ गते १२:४७

काठमाडौं । शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई महानगरीय प्रहरीले हटाएको छ ।

Advertisement

आज बिहान करिब साढे आठ बजेतिर पुगेको नगर प्रहरीको टोलीले धर्नामा बसेकाहरुलाई त्याँहाबाट हटाएको पीडितहरुले बताएका छन् ।

शान्तिवाटिकामा मिटरब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए ।

विभिन्न माग राख्ने समूहरु ११ महिनादेखि शान्ति बाटिका कब्जा गरेर बसेको र त्यसका कारण रानीपोखरीसमेत फोहोर हुन थालेकाले उनीहरुलाई हटाउनु परेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।उनले शान्ति बाटिकामा धर्नामा बस्नेहरु भान्छा र बिस्तरासहित स्थायी रुपमै बसेको भन्ने सूचना आएपछि हटाइएको बताए । 

यसअघि माइतीघरमा धर्नामा बसेकाहरुलाई प्रहरी प्रशासनले हटाएको थियो । माइतीघरमा निषेधित क्षेत्र घोषणा गरेर धर्ना र प्रदर्शन गर्नेहरुका लागि भृकुटीमण्डपमा स्थान तोकिएको थियो । तर मिटरब्याज पीडित लगायतका समूह शान्तिवाटिकामा धर्नामा बस्दै आएका थिए ।

प्रतिक्रिया