मंगलबार, जेठ १, २०८१

बैंकिङ कसुर मुद्दामा फरार रहेकी केसी पक्राउ

उनलाई २०७१ वैशाख २९ गतेको फैसलाले ३ वर्ष कैद र ४ करोड रुपैया जरिवाना सुनाईएकाे थियाे।

मेरोन्यूज २०८० माघ २१ गते १७:४४

काठमाडौं । ४ करोड जरिवाना र ३ वर्ष कैद सजाय सुनाइएकी घराना डेभलपर्स प्रालिकी सञ्चालक मन्दिरा केसी (कार्की) पक्राउ परेकी छिन्। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो।

Advertisement

उनले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी तथा कर्मचारीलाई प्रभावमा पारेर घराना डेभलपर्सका नाममा रहेका भक्तपुरको साविक चाँगुनारायण गाविस ७ र ९ का जग्गा धितो राखेर कर्जा लिएकी थिइन्। तर तोकिएको परियोजनामा कर्जा लगानी नगरी दुरुपयोग गरेको भन्दै बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले उनलाई २०७१ वैशाख २९ गते दोषी ठहर गरेको थियो।

बैंकिङ कसुर मुद्दामा साविक पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले उनलाई ३ वर्ष कैद र ४ करोड रुपैया जरिवाना हुने सुनाए पछि उनी फरार रहेकी थिईन् ।

फरार रहेकी उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले माघ २० गते बनेपाबाट पक्राउ गरेको हो। फैसला कार्यान्वयनका लागि आज काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।

प्रतिक्रिया