बुधबार, जेठ २, २०८१

ठमेलको होस्टलमा चिनियाँ नागरिक मृत फेला

मेरोन्यूज २०८० माघ २१ गते १४:३९

काठमाडौं । काठमाडौंको ठमेलस्थित नेपालय होम होस्टलमा एकजना चिनियाँ नागरिक मृत फेला परेका छन् । 

Advertisement

यही १० माघदेखि नेपालय होम होस्टलमा बस्दै आएका चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ मृत अवस्थामा फेला परेका हुन् । 

शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पोष्टमार्टम प्रतिवेदनबाट उनको मृत्युको कारण खुल्नेछ ।
 

प्रतिक्रिया