शनिबार, जेठ ५, २०८१

गगन चुम्बनको गगनाँसु लोकार्पण

मेरोन्यूज २०८० माघ २० गते २०:२१

काठमाडौँ । हातेमालो साहित्य सङ्गमको आयोजनामा गगन चुम्बनको गगनाँसु कृति लोकार्पण गरिएको छ ।

Advertisement

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक समारोहका बीच सिद्ध नारायण आचार्य (गगन चुम्बन) कोदोस्रो गजलसङ्ग्रह ‘गगनाँसु’ लोकार्पण सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा।डा। कृष्ण हरि बराल, समीक्षक भूवन निस्तेज, गजलकार बाबु त्रिपाठी, विशिष्ठ अतिथि निराजन आचार्य तथा स्रष्टाले सामुहिक रूपमा लोकापर्ण गरेका हुन् ।

समीक्षक भूवन निस्तेज, उमेश अवस्थी आदर्श र गजलकार बाबु त्रिपाठीले कृतिमाथि आ(आफ्नो धारणा राख्नु भएको थियो ।

निस्तेजले गजलको इतिहासलाई औँल्याउँदै गगन चुम्बनको गगनाँसु ऐतिहासिक गजलसङ्ग्रह भएको उल्लेख गरे । उनले सङ्ग्रह भित्रका
केही गजलका शेरहरू समेत वाचन गर्नुभयो र कृति जीवन्त रहने कुराको विश्वास रहेको जिकिर गरे। यस्तै समीक्षक आदर्शले स्वच्छन्दतावादी
काव्यात्मक धारलाई समावेश गर्दै प्रतिकात्मक एवम् परिष्कृत धारमा रचिएको गगनाँसु गजलसङ्ग्रह निकै शक्तिशाली रहेको अभिमत राखे ।

कार्यक्रममा बोल्दै गजलकार बाबु त्रिपाठीले आफूले दशक लामो समय गजलकालागि देश दौडाह गरिरहँदा यो कृति अहिलेसम्म प्रकाशित गजलसङ्ग्रह मध्येको एक उत्कृष्ट पुस्तक भएकाले सबै गजल पारखीहरूले
पढ्न आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. बरालले गगन चुम्बनको गगनाँसु शास्त्रीय हिसाबलेसमेत आजसम्मकै नमूना गजलसङ्ग्रह बनेकाले यसले हरेक पाठकका मनलाई स्पर्श गर्ने छ भन्दै गजलको इतिहासमा यो कृतिले महत्त्वपूर्ण स्थान ओगट्ने भएकाले यो कृति अमूल्य रहेको बताउँदै स्रष्टालाई बधाई एवम् शुभकामना दिए ।

प्रतिक्रिया