सोमबार, वैशाख ३१, २०८१

रुखबाट लडेर अछाममा बालिका घाइते

मेरोन्यूज २०८० माघ २० गते १८:३०

अछाम । अछाममा रुखबाट लडेर एक बालिका घाइते भएकी छन्।

Advertisement

चौरपाटी गाउँपालिका–४ पायलकी १२ वर्षीया सुशिला धामी आज जङ्गलमा घाँस काट्ने बेला रुखबाट लडेर घाइते भएकी हुन्।

उनको हातमा चोट लागेको छ। घाइते धामीको न्याय हेल्थ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया