आइतबार, जेठ ६, २०८१

क्रिकेट

आर्मीलाई हराउँदै पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि

मेरोन्यूज २०८० माघ २० गते १६:२४

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले जीत हासिल गरेको छ । 

Advertisement

आज सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन बनेको हो ।

कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले विजयी बनेको हो ।

आर्मीले जीतका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा  पुरा गरेर बिजय भएको हो ।

प्रतिक्रिया