शनिबार, जेठ ५, २०८१

भारतीय अभिनेत्री पुनम पाण्डे जीवितै

मेरोन्यूज २०८० माघ २० गते १४:१३

काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डे जीवितै रहेको खुलेको छ ।

Advertisement

उनको इन्स्टाग्राम एकाउन्टमार्फत  शुक्रबार बिहान पाण्डेको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको सार्वजनिक भएको थियो । इण्डिया टुडेका अनुसार, उनका म्यानेजरले समेत पाण्डेको ३२ वर्षको उमेरमा निधन भएको बताएका थिए ।

तर, शनिबार इन्स्टाग्राममा भिडियो पोष्ट गर्दै पुनमले ‘आफू जीवितै रहेको’ खुलाएकी छन् ।

आफ्नो पुरानो पोष्टले धेरैलाई दुःखी बनाएकाे भन्दै सर्भिकल क्यान्सरबारे सचेतना फैलाउनलाई मृत्युको झुठो खबर फैलाएकाे प्रति उनले माफी मागेकी छन् ।

यो पोष्ट सार्वजनिक भएपछि कलाकार कंगना रनावत र अनुपम खेरले पनि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका थिए । 

पाण्डेको मृत्युको खबरबारे पुष्टि गर्न उनको परिवारका सदस्यहरुलाई सम्पर्क गर्न खोज्दा कि त फोन अफ भएको कि फोन नउठेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

शनिबार उनकै एकाउन्टबाट आएको पोष्टले उनको मृत्युको खबर झुटो खबर फैलिएको थियो ।

प्रतिक्रिया