शनिबार, जेठ ५, २०८१

स्वीकृति बिना क्यालेण्डर निकाले कारबाही हुने

मेरोन्यूज २०८० माघ २० गते ८:०९

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति बिना क्यालेण्डर प्रकाशन गर्न नपाईंने भएको छ ।

Advertisement

समितिले एक सूचना जारी गर्दै स्वीकृति बिना क्यालेण्डर प्रकाशन नगर्न आग्रह गरेको हाे ।

स्वीकृतिका लागि पञ्चाङ्ग निर्णायक विकास समिति दिग्दर्शन २०७९ को दफा २५ को उपदफा २,३,४ अनुसार शूल्क जम्मा गर्नुपर्ने बताइएकाे छ ।

यदी स्वीकृति बिना प्रकाशन गरेको पाइए आवश्यक कारबाही हुने समितिले जनाएको छ ।

प्रतिक्रिया