आइतबार, जेठ ६, २०८१

नेपालले एकै ओभरमा लियो भारतको दुई विकेट

मेरोन्यूज २०८० माघ १९ गते १५:१६

काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध एकै ओभरमा दुई विकेट हात पारेको छ ।

Advertisement

शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतले १४औं ओभरको पाँचौँ र छैटौँ बलमा लगातार विकेट गुमाएको हो । १३.५ ओभरमा भारतका प्रियान्सु मोलियाले रनआउट भएका थिए ।

भारतीय टिमको स्कोरबोर्डमा १९ रन थपे । मोलिया चौथो रनका लागि दौडिँदा नेपालका आकाश चन्दले रनआउट गरेका हुन् । त्यसलत्तगै अर्को बलमा आकाशले भारतका अर्सिन कुलकर्णीलाई विकेटकिपर उत्तम मगरबाट क्याच गराए ।

टस जितेर पहिला ब्याटिङ रोजेको भारतले १५ ओभरमा ३ विकेट गुमाउँदै ६५ रन बनाएको छ । सचिन दास १ र कप्तान उदय शहरान २ रनमा क्रिजमा छन् ।

प्रतिक्रिया