आइतबार, जेठ ६, २०८१

भारतविरुद्ध पहिले बलिङ गर्दै नेपाल

मेरोन्यूज २०८० माघ १९ गते १३:४७

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा नेपालले भारतविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

Advertisement

शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा हुने खेलका लागि भएको टस जितेर भारतका कप्तान उदय सरनले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिए ।

 नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको हुँदा आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।

नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि नेटरनरेटको कारण सेमिफाइनल खेल्ने देखिन्छ । नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ ।

आजकाे खेलमा नेपालले प्लेइङ-११ मा तीन परिवर्तन गरेको छ ।

पछिल्लो खेलमा बंगलादेशविरुद्ध खेलेका ओपनर विपिन रावल, आकाश त्रिपाठी र फिनिसर दीपक बोहरा आज टोलीमा छैनन् । नेपालले आज विकेटकिपर उत्तम थापामगर, दीपक डुम्रे र दीपक बोहरालाई मौका दिएको छ ।

प्रतिक्रिया