सोमबार, वैशाख ३१, २०८१

अरुण चौधरी र अजितनारायणसिंह थापालाई ग्रान्डी अस्पताल लगियो

मेरोन्यूज २०८० माघ १९ गते १२:४४

काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ ।

Advertisement

महाराजगञ्जस्थित चिरायु अस्पतालमा बिहीबार राखिएका उनीहरुलाई शुक्रबार ग्राण्डी अस्पताल लगिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतले बतायो । स्रोत अनुसार अस्पतालले रेफर गरेपछि ग्राण्डी अस्पतालमा उनीहरुलाई सारिएको हो ।

बिहीबार पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत, काठमाडौंले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनीहरुले छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लिएको आरोप छ।

प्रतिक्रिया