शनिबार, जेठ ५, २०८१

ऋतिक रोशनकाे ‘फाइटर’ले कमायो १२५ करोड बढी

मेरोन्यूज २०८० माघ १६ गते ९:३९

मुम्बई । ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपूरको बहु प्रतिक्षित फिल्म ‘फाइटर’ गत २५ जनवरीमा हलमा रिलिज भएको थियो ।

Advertisement

‘पठान’ निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेकाे ‘फाइटर’ले दिनहुँ कीर्तिमानी कमाई गरिरहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले पहिलो दिन करिब २४ करोड भारुको व्यापार गरेको थियो । तर, पाँचौं दिन सम्म आइपुग्दा फिल्मकाे कमाइमा गिरावट आएकाे छ ।

‘फाइटर’ले रिलिजको पाँचौं दिन ८ करोड भारुकाे मात्रै व्यापार गरेको छ । यस्तो अवस्थामा फिल्मकाे कुल विश्वव्यापी कलेक्शन १२६.५० करोड पुगेको छ ।

प्रतिक्रिया