आइतबार, जेठ ६, २०८१

शाखा अधिकृतको नतिजा सार्वजनिक

मेरोन्यूज २०८० माघ १५ गते १९:०६

काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

Advertisement

आयोगले २०८० साउन ३० र ३१ गते सञ्चालन गरेको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरूले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता यकिन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू र दरखास्त फारामको प्रथम र द्वितीय पाना २-२ प्रति भरी सूचना प्रकाशन भएको ७ दिनमा उम्मेदवार आफैले प्रमाणित गरी रुजू गराउन भनिएकाे छ ।

प्रतिक्रिया