शनिबार, जेठ ५, २०८१

गायिका रचना रिमाल सवार स्कार्पियोलाई ट्रकले दियो ठक्कर

मेरोन्यूज २०८० माघ १४ गते १८:३५

काठमाडौं । गायिका रचना रिमालसवारी दुर्घटनामा परेकी छन् ।

Advertisement

आइतबार नेपालगन्जबाट दाङको लमही महोत्सवका निम्ति हिँडेकी रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जीपलाई बागमती प्रदेश ०३–०१ ख २११८ नम्बरको ट्रकले बाँकेको टिस्टानजिकै ठक्कर दिएको हो ।

उनले दुर्घटनाबारे फेसबुकमार्फत जानकारी गराएकी छन् ।

“आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामी सवार गाडीलाई विपरीत दिशाबाट आइरहेको ट्रकले ठक्कर दियो । गाडीमा केही क्षति पुगेको छ,” उनले लेखेकी छन्, “यात्रुहरू हामी सबै सकुशल छौँ । साथै, आज लमही महोत्सवमा हुने भनिएको मेरो सांगीतिक प्रस्तुति भोलि रहने सबैमा जानकारी गराउँदछु । आज उपस्थित हुन नसकेकोमा क्षमा चाहन्छु ।”

प्रतिक्रिया