आइतबार, जेठ ६, २०८१

राजा चार्ल्स तृतीय प्रोस्टेट शल्यक्रियाका लागि अस्पताल भर्ना

मेरोन्यूज २०८० माघ १२ गते २०:२२

राजा चार्ल्स तृतीयलाई बढेको प्रोस्टेटको ‘सुधारात्मक प्रक्रिया’ का लागि शुक्रबार लन्डनको एउटा निजी अस्पतालमा भर्ना गरिएको बकिङ्घम दरबारले बताएको छ ।

Advertisement

वेल्सकी राजकुमारीले पेटको शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेको लन्डन क्लिनिकमा ७५ वर्षीय राजाको उपचार गरिनेछ । अस्पताल पुगेपछि राजाले राजकुमारी केटलाई भेटेका थिए ।

दरबारले भनेको छ, “राजालाई बिहान निर्धारित उपचारका लागि लन्डनको एउटा अस्पतालमा भर्ना गरिएको छ, गत साता शुभकामना पठाउने सबैलाई राजाले धन्यवाद दिन चाहनुभएको छ ।”

सोह्र महिनाअघि राजगद्दीमा बस्नुभएका राजा चार्ल्सलाई गत जनवरी १७ मा लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गर्दा उनको अवस्था सामान्य भएको पत्ता लागेको थियो । उनले कार्यक्रमहरू रद्द गरे र उनलाई उपचार प्रक्रियाअघि आराम गर्न आग्रह गरिएको थियो ।

राजाको शन्यक्रियाका बारेमा प्रचारलाई सार्वजनिक स्वास्थ्य सल्लाहअनुसार अन्य पुरुषहरूलाई प्रोस्टेटको परीक्षण गराउन प्रोत्साहन गर्ने अवसरका रूपमा हेरिएको छ ।

आफ्नो निदानले जनस्वास्थ्य जागरुकतामा सकारात्मक प्रभाव परेको जानेर राजा खुशी भएको दरबारले बताएको छ ।

प्रतिक्रिया