आइतबार, वैशाख २३, २०८१

अफगानिस्तानविरुद्ध नेपालकाे खराब सुरुवात, २४ रनमै गुमायाे ३ विकेट

मेरोन्यूज २०८० माघ १२ गते १८:०६

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध नेपालले खराब सुरुवात गरकाे छ ।

Advertisement

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले सुरुवातमै तीन विकेट गुमाएको हाे । नेपालका बिपीन रावललाई आउट भएका हुन् । खेलकाे नवौं ओभरमा उनी दुई रन बनाएर आउट भए ।

यसअघि गुल्शन एक रन बनाएर आउट भएका थिए ।

जारी खेलको ९ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर २४ रन बनाएको छ ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाएर १४५ रनको योगफल खडा गरेको थियो ।

प्रतिक्रिया