सोमबार, वैशाख २४, २०८१

यू–१९ विश्वकप क्रिकेट

आकाशको उत्कृष्ट बलिङमा अफगानिस्तान १४५ रनमा अलआउट

मेरोन्यूज २०८० माघ १२ गते १६:५१
This image has an empty alt attribute; its file name is 420109051_795361855953530_4339269119147890458_n-1024x614.jpg

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।

Advertisement

बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अल आउट हुँदै १४५ रन बनाएको हो ।

अफगानिस्तानका लागि एएम घजानफरले सर्बाधिक ३७ रन बनाएका थिए भने कप्तान नासीर खानले ३१, हसन एसाखिलले २० तथा फरिदुन दाउदजाईले २९ रन बनाएका थिए ।

अफगानिस्तानले एक समय ८८ रनमा ८ विकेट गुमाएकोमा नवौं विकेटका लागि फरीदून दाउदजाइ र कप्तान नासिर खानले ५५ रनको साझेदारी गरेका थिए ।

खेलमा नेपालका बलर आकाश चन्दले उत्कृष्ट बलिङ गरे। चन्दले सर्वाधिक ५ विकेट लिएका थिए । यस्तै दिपेश कँडेलले २ तथा गुलशन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक/एक विकेट लिएका थिए ।

प्रतिक्रिया