आइतबार, जेठ ६, २०८१

जापान : मृत्युदण्डको सजाय सुनाइएका आओबाद्वारा अदालतमा अपिल

मेरोन्यूज २०८० माघ १२ गते १२:३७

काठमाडौँ । जापानको ‘एनिमे स्टुडियो’मा भएको आगजनीमा परी ३६ जनाको ज्यान जाने गरी भएको आगजनीको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका जापानी नागरिकले शुक्रबार उक्त फैसलाविरुद्ध अपिल गरेका छन् ।

Advertisement

सन् २०१९ मा जापानको क्योटो एनिमेसनको स्टुडियोमा भएको आगजनीका लागि ४५ वर्षीय शिन्जी आओबालाई दोषी ठहर गरिएको छ ।

उनका वकिलले आहोबा मानसिक रोगी भएको र घटनामा दोषी ठहराउनु जापानको कानुन अनुसार गलत हुने दावी गर्दै फैसलाविरूद्ध निवेदन दिएका छन् ।

क्योटो जिल्ला अदालतका प्रवक्ताले एएफपीलाई दिएको जानकारीअनुसार शुक्रबार उनको प्रतिरक्षा टोलीले उक्त फैसलाविरुद्ध अपिल गरेको हो ।

कानूनमा मृत्युदण्डको सजायको प्रावधान राख्ने केही विकसित जी– ७० मुलुकहरूमध्ये जापान एक हो यसको लागि जन समर्थन उच्च छ । जापानमा गतबर्षको डिसेम्बरसम्म १०७ जनालाई मृत्युदण्ड दिइएको थियो ।

सन् २०१९ को जुलाईमा भएको आगलागीमा परी ज्यान गुमाउनेमा २१ वर्षीया एक महिलासहित अधिकांश युवा थिए ।

आओबा बिहान भवनभित्र पसेर भुइँतल्लामा पेट्रोल छर्केर आगो बालेर ‘ड्रप डेड’ भनेर चिच्याएको बाँचेकाहरूले बताएका छन् ।

फैसलामा न्यायाधीशले भनेका छन्, “मानिसहरुलाई अपमानित गर्नु वास्तवमै क्रूर र अमानवीय हो ।”

आगजनीका कारण आओबाको आफ्नो शरीरको ९० प्रतिशत भाग जलेको थियो र आगो लागेको केही हप्तापछि मात्र होशमा आएका थिए भने पछि उनी बोल्न सक्ने भएका थिए ।

घटनामा ३६ जनाको मृत्यु भएको थियो भने अन्य ३० जनाभन्दा बढी घाइते भएका थिए भने अग्निनियन्त्रकहरूले घटनालाई ‘अकल्पनीय’ भनेका थिए र भित्र फसेका मानिसहरूको उद्धार गर्न ‘अत्यन्त कठिन’ भएको बताएका थिए ।

प्रतिक्रिया