आइतबार, जेठ ६, २०८१

भारतमा २९ औं तलाबाट हाम फालेर १२ बर्षिया बालिकाले गरिन् आत्महत्या

मेरोन्यूज २०८० माघ ११ गते १५:३१

बैंग्लरु।  भारतमा १२ वर्षीया एक बालिकाले आफ्नो भवनबाट हाम फालेर आत्महत्या गरेकी छिन् । 

Advertisement

प्रहरीका अनुसार ती १२ वर्षीया बालिकाले आत्महत्या गरेर मृत्यु भएको जनाएको हो । 

प्रहरीका अनुसार यो घटना बेंगलुरुको हुलिमावु क्षेत्रको हो। जानकारीका अनुसार बालिका मानसिक तनावबाट पीडित थिइन् । यस्तो अवस्थामा उनले जनवरी २३ गते बिहान ५ बजे भवनको २९ औं तलाबाट हाम फालेर आत्महत्या गरेकी थिइन् ।

जानकारीका अनुसार ती बालिका निजी विद्यालयमा पढ्थिन् । उनका बुबा बैंगलोरमा सफ्टवेयर इन्जिनियर छन् भने आमा गृहिणी छिन् ।

प्राप्त जानकारी अनुसार बालिका मानसिक तनावबाट ग्रसित थिइन् । घरमा परिवारका सदस्यहरूसँग उनको सम्बन्ध राम्रो थिएन। त्यही भएर उनले यस्तो कदम चालेकाे बताइएकाे छ ।
 

प्रतिक्रिया