शनिबार, जेठ ५, २०८१

विष्णुसँग गायिका एलिना चौहानको ब्रेकअप

मेरोन्यूज २०८० माघ ८ गते १८:१८

काठमाडौँ । ‘धोकेबाज गायिका’ को उपमा पाएकी एलिनाको प्रेम सम्बन्धको चर्चा सेलाउन नपाउँदै यतिबेला ब्रेकअपको खबर बाहिरिएको छ । एलिनाको अष्ट्रेलियामा बस्ने विष्णु सापकोटासँग ब्रेकअप भएको हो ।

Advertisement

ठीक एक वर्ष अगाडि उनीहरु प्रेमसम्बन्धमा रहेको खबर सार्वजनिक भएको थियो । गत वर्षको तिजमा सांगीतिक प्रस्तुतिका लागि एलिना अष्ट्रेलिया जाँदा विष्णुलाई भेटेकी थिइन् । त्यसबेला देखिनै उनी प्रेममा रहेको अडकलबाजी गर्न थालिएको थियो ।

केहिसमय अघि उनीहरुको अफेयरबारे मिडिया पनि आयो । एलिनाले पनि यसको खुला स्वीकारोक्ति गरेकी थिइन् । तर, अहिले उनीहरुको सम्बन्धमा दरार आएको निकट स्रोतले बताएको छ ।

गायिका एलिनाले पनि विष्णुसँग ब्रेकअप भएको पुष्टि गरेकी छन् ।

प्रतिक्रिया