शनिबार, जेठ ५, २०८१

रश्मिका मन्दानाको डिपफेक भिडियो बनाउने व्यक्ति पक्राउ

मेरोन्यूज २०८० माघ ७ गते १३:११

काठमाडाैं । अभिनेत्री रश्मिका मन्दानाको डिपफेक भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

दिल्ली प्रहरीले डिपफेक भिडियो बनाउने २४ वर्षीय इन्जिनियर इमानी नवीनलाई आन्ध्र प्रदेशबाट पक्राउ गरेको हो।

गत वर्ष नोभेम्बर ६ मा सामाजिक सञ्जालमा रश्मिका जस्तै देखिने एक युवतीको भिडियो भाइरल बन्यो । पछि सो भिडियो डिपफेक प्रविधिले बनाएको र भिडियोमा देखिएकी युवति रश्मिका नभएर बेलायती इन्फ्लुएन्सर जारा पटेलको शरीरमा रश्मिकाको अनुहार जोडिएको थियो । रश्मिकाले आफ्नो नक्कली भिडियो भाइरल बनेपछि प्रविधिको गलत प्रयोगबारे चिन्ता व्यक्त गरेकी थिइन् । त्यसपछि यस मामिलामा प्रहरीले छानबिन सुरु गरेको थियो ।

अभियुक्तले आफ्नो अपराध स्वीकार गरिसकेका छन् । प्रहरीका अनुसार आरोपी नवीनले रश्मिका मन्डनाको फ्यान पेज चलाउने गर्थे । तर रश्मिका मन्डन्नाको फ्यान पेज डेढ वर्षसम्म चलाउँदा पनि ९० हजार फलोअर्स मात्र थिए । उक्त भिडियो अपलोड गरेपछि बढेर १ लाख ८ हजार पुग्यो । उनले फेक भिडियो बनाउनुको उद्देश्य अभिनेत्रीलाई हानि पुर्‍याउनु नभएको बताए। अभियुक्त मेटा मोनेटाइजेशन मार्फत पैसा कमाउन र आफ्ना अनुयायीहरू बढाउन चाहन्थे। त्यसैले उनले युट्युब च्यानलबाट भिडियो सम्पादनको कोर्स लिएर रश्मिका मन्डनाको डिपफेक बनाएको बताए।

राष्ट्रिय मुद्दा बनेको देखेपछि र ठूला–ठूला स्टारहरूले पनि कारबाही माग गरेको देखेपछि उनी डराए । अहिले अभियुक्तले उक्त नक्कली भिडियो हटाएका छन् र फ्यान पेजको नाम पनि परिवर्तन गरेका छन्। आरोपीले आफ्नो फोनबाट धेरै डाटा पनि डिलिट गरिदिएका छन् ।

प्रतिक्रिया