आइतबार, जेठ ६, २०८१

आयल निगमको कार्यकारी निर्देशकमा १३ जनाको आवेदन स्वीकृत (सुचीसहित)

मेरोन्यूज २०८० माघ ६ गते १८:०६

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन दिएकामध्ये १३ जनाको नाम स्वीकृत भएको छ ।

Advertisement

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस सात गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेकोमा आइतबारसम्मको समय सीमामा विभिन्न क्षेत्रमा क्रियाशील १३ जनाको नाम स्वीकृत भएको हो ।

सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक २०७५ साल यता खुला प्रतिस्पर्धाबाट छनौट गर्दै आएको छ ।

मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्माको नेतृत्वमा गठित छनौट समितिले निवेदन दिएका उम्मेदवारलाई अन्तर्वार्ता र व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरणपछि अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद्मा पेस गर्नेछ ।

तीन जनामध्ये उपयुक्त र योग्य एक जनालाई मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकको पदमा नियुक्त गर्नेछ ।

प्रतिक्रिया