आइतबार, वैशाख १६, २०८१

सुर्खेतमा १८ वर्षीय युवकको हत्या

मेरोन्यूज २०८० माघ २ गते १९:१८

सुर्खेत । सुर्खेतको पञ्चपुरीमा १८ वर्षीय युवकको हत्या भएको छ । पञ्चपुरी नगरपालिका-६ कुवापानीका भरत बुढाको मंगलबार राति १ बजे हत्या भएको हो ।

प्रहरीका अनुसार धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

घटना शंकास्पद देखिएपछि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घटनाको बारेमा अनुसन्धान जारी रहे पनि अहिलेसम्म शंकास्पद व्यक्तिविरुद्ध जाहेरी भने आइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया