आइतबार, वैशाख १६, २०८१

त्रिशुली दुर्घटना : गाडीका चालक सकुशल रहेको प्रारम्भिक जानकारी

मेरोन्यूज २०८० माघ २ गते ११:३५

चितवन । मुग्लिन–नारायणगढ सडक खण्डबाट मंगलबार बिहान त्रिशुली नदीमा खसेको गाडीका चालक सकुशल रहेका पाइएको प्रहरीले जनाएको छ ।

इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट मंगलबार बिहान ४:६० बजेको समयमा भारतीय नम्बर प्लेट बी आर ०९ जी सी १४३९ भएको गाडी त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए। गाडी सडकबाट करिब १०० मिटर तल नदीमा खसेको थियो। 

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली टोली परिचालन भएको थियो।

सशस्त्र प्रहरीका गोताखोरले नदी भित्र छिरेर खोजी गर्ने क्रममा भारतीय नम्बर प्लेटको बोलेरो गाडी भेटिएको थियो। गाडी भेटिए पनि त्यसका चालक वा सवार व्यक्ति भेटिएका थिएनन्। 

 गाडीका चालकले दुर्घटना हुँदा हाम फालेर ज्यान जोगाएको र पछि उनी अर्को गाडी चढेर दुर्घटनास्थलबाट अन्यत्र गएको भनेर प्रत्यक्षदर्शीले जानकारी दिएको  प्रहरीकाे भनाइ छ।

प्रतिक्रिया