आइतबार, जेठ ६, २०८१

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीले दिए उम्मेदवारी

मेरोन्यूज २०८० पुष २७ गते १४:०३

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदका लागि पार्टीका संरक्षक रेशम चौधरी उम्मेदवारी दिएका छन् ।

Advertisement

कैलालीको टिकापुरमा जारी महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता कार्यक्रम जारी रहेको छ । स्रोतकाअनुसार अहिलेसम्म अध्यक्षमा चौधरीको एकल उम्मेदवारी दर्ता भएको छ ।

पार्टीको वर्तमान अध्यक्ष रेशमपत्नी रञ्जिता श्रेष्ठ छिन् । उनी पनि अध्यक्षका लागि आकांक्षी हुन् ।

यस्तै महासचिवमा गङ्गा चौधरी, धर्म चौधरी ठाकुर सिंह थारुलगायतको उम्मेदवारी परेको छ ।

महाधिवेशनबाट पार्टी अध्यक्षसहित एकजना सहअध्यक्ष, एकजना महासचिव, सातजना सचिव, सातजना उपाध्यक्ष, सातजना सहसचिव र एकजना कोषाध्यक्ष गरी ३३ पदाधिकारी चयन हुनेछ ।

प्रतिक्रिया