आइतबार, जेठ ६, २०८१

राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

मेरोन्यूज २०८० पुष २७ गते ९:५८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

Advertisement

राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्तीको अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित उनको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन् ।

सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो ।

प्रतिक्रिया