आइतबार, जेठ ६, २०८१

मुलुकको समृद्धिका क्रियाशील होऔँ : उपराष्ट्रपति

मेरोन्यूज २०८० पुष २७ गते ७:३७

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र सुशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धिका निम्तिक्रियाशील हुन आग्रह गरेका छन्।

Advertisement

राष्ट्रिय एकता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै विविधताको सौन्दर्यलाई राष्ट्रिय भावनामा रुपान्तरण गर्न सके मात्र विविधताले सकारात्मक परिणाम दिनसक्ने उल्लेख गरेका छन् ।

“हाम्रो संविधानले यही विविधतालाई सकारात्मक परिणाममुखी बनाउन धर्म निरपेक्षता, समावेशीता र समानताको सिद्धान्तलाई अङ्गीकार गरेको छ, संविधानको यो मर्मलाई सम्पूर्ण नेपाली नागरिकले सर्वोपरि ठान्दै राष्ट्रिय एकतालाई बलियो, एक ढिक्का र बनाउनमा हामी एकजूट भई लाग्नुपर्छ” उनले भनेका छन् ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा भौगोलिक विविधताप्रति सद्भाव राख्दै सिङ्गो मुलुकको हित र सम्पूर्ण नेपालीको एकताप्रति समर्पित हुने दिनका रुपमा राष्ट्रिय दिवस मनाउन सके हाम्रो मौलिक पहिचान ः ‘विविधता एकता’ को पृष्ठपोषण मात्र हुँदैन, हाम्रो विविधतायुक्त संस्कृति, पहिचान, परम्परालाई एकीकृत र एकाकार गर्दै अन्ततः नेपाली राष्ट्रियतालाई सुदृढ बनाउन सघाउ पुग्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया