आइतबार, जेठ ६, २०८१

एमालेले टीआरसी विधेयक टुंग्याउन दिएन भन्ने गलत प्रचार नगर्न सचेतक बर्तौलाकाे आग्रह

मेरोन्यूज २०८० पुष २६ गते १३:२७

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरू एमालेले टुंग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गरेका छन् ।

Advertisement

बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । एमालेले पीडित र बाहिर जनताका आवाज बोलेकाले ती आवाजलाई पनि सुनेर अघि बढ्न उनले सुझाव दिए ।

उनले एमालेले असहमति जनाएका कुरालाई लिएर सरकारले एमालेले काम गर्न दिएन भन्ने गलत प्रचार गरेको आरोप लगाउँदै सरकारले विधेयकहरू प्रक्रियागत रूपबाट अघि बढाउन सक्ने बताए ।

विधेयक निर्माण गर्दा टाउकोको मूल्य तोक्ने र तोकिनेहरू मिलेर विधेयक आफू अनुकूलतको बनाए भन्ने सन्देश बाहिर जान नदिनका लागि एमाले सचेत रहेको बताए । उनले टीआरसीसँग सम्बन्धित विधेयक सहमतिबाटै टुंग्याउन आवश्यक रहेको बताए ।

सचेतक बर्तौलाले विधेयक अब छिटो टुंग्याउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया