आइतबार, जेठ ६, २०८१

नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन आजबाट

मेरोन्यूज २०८० पुष २६ गते ८:२४

टीकापुर । नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ ।पुस २६, २७ र २८ गते कैलालीको टिकापुरमा महाधिवेशन सुरु हुन लागेको हो ।  

Advertisement

महाधिवेशनमा सहभागी हुनका लागि देशभरका ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुने पार्टीका केन्द्रीय सदस्य अरुण कुमार चौधरीले जानकारी दिए । 

महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ । विधानअनुसार नागरिक उन्मुक्तिले महाधिवेशनबाट अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित गर्नेछ । 

महाधिवेशनको उद्घाटन सत्रमा देशभरका राजनितीक दलका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया