आइतबार, जेठ ६, २०८१

जसपाको केन्द्रीय राजनीतिक समिति बैठक आज बस्दै

मेरोन्यूज २०८० पुष २५ गते ९:३४

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दै छ ।

Advertisement

केन्द्रीय प्रचार-प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक आज बिहान ११ बजे बोलाइएको छ । दुई दिने सम्म चल्ने उक्त बैठक ललितपुरको भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा बस्ने भएकाे छ ।

जसपाले गत भदौमा सञ्चालन गरेको सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान र उक्त अभियानमा पार्टी सदस्यहरुको सक्रियतामा भएका साङ्गठनिक प्रगति विवरण प्रतिवेदन बैठकमा प्रस्तुत हुने छ ।

त्यसैगरी राजनीतिक तथा सङ्गठनात्मक प्रतिवेदन बैठकमा प्रस्ताव गरिनुका साथै पार्टीको आगामी महाधिवेशनबारे समेत बैठकमा छलफल हुने जनाएकाे छ । 

प्रतिक्रिया