आइतबार, जेठ ६, २०८१

रास्वपाले घटायाे केन्द्रीय सदस्य र सांसदको लेवी

मेरोन्यूज २०८० पुष २४ गते १८:५५

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको उर्जा नीति कार्यदल र सार्वजनिक प्रशासनसम्बन्धी कार्यदलको म्याद थप गरेको छ ।

Advertisement

मंगलबार सिंहदरबारमा बसेको रास्वपाको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले केन्द्रीय सदस्यको लेवी वार्षिक १ लाख रुपैयाँलाई घटाएर २५ हजार रुपैयाँ बनाउने निर्णय गरेको छ । यस्तै सांसदकाे लेवी २५ हजार रुपैयाँबाट घटाएर १५ हजारमा झारिएको छ ।

यस्तै बैठकलै पार्टी सदस्यता शुल्क एक हजार रुपैयाँ तोकेको छ । इच्छा हुनेले सदस्यता शुल्क हजार भन्दा बढी पनि दिन सक्ने छन् ।

बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा भूमिनन्द बराल सचिव र सदस्यमा प्रा।डा अत्यन्द्र दाहाल सदस्य, राम गुरुङ, अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया