आइतबार, जेठ ६, २०८१

कोशीमा सभामुखको निर्वाचन दिउँसो ३ बजे, राप्रपाका विष्ट सर्वसम्मत सभामुख बन्ने सम्भावना

मेरोन्यूज २०८० पुष २४ गते ११:२२

विराटनगर ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्ट कोशी प्रदेशका सभामुख बन्ने भएका छन्।

Advertisement

राप्रपाका तर्फबाट प्रदेशसभा सदस्य अमरबहादुर विष्ट सभामुखको उम्मेदवार बन्ने भएका छन् । संसदीय दलको बैठकबाट सांसद विष्टलाई सभामुखमा अघि सार्ने निर्णय गरिएको राप्रपाका एक नेताले जानकारी दिए ।

मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अपराह्न ३ बजे सभामुख चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन्।

मंगलबार बिहान बसेको राप्रपा कोशी संसदीय दलको बैठकले सभामुख आफैंले लिने र विष्टलाई अघि सार्ने निर्णय गरेको थियो।

कोसी प्रदेशसभामा सभामुख पद रिक्त छ ।

कोसी प्रदेशसभा सचिवालयमा छुट्टाछुट्टै रूपमा प्रमुख दलहरूको संसदीय दलको बैठक जारी छ । नेपाली कांग्रेस र नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ ।

प्रतिक्रिया