आइतबार, जेठ ६, २०८१

लुम्बिनीका दुई सिटका लागि ७ जनाको उम्मेदवारी दर्ता

मेरोन्यूज २०८० पुष २३ गते १७:२९

दाङ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशका दुई सिटमा ७ जनाको उम्मेदवारी परेको छ ।

Advertisement

एक महिला कोटामा तीनजना र एक अन्य कोटामा चार जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।

महिला कोटामा नेकपा एमालेबाट तुलसा केसी, गठबन्धनबाट नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राप्रपाबाट विजयलक्ष्मी सिंहको उम्मेदवारी परेको छ ।

त्यसैगरी अन्यतर्फ एमालेका झविन्द्रबहादुर घर्ती क्षेत्री, गठबन्धनबाट माओवादी केन्द्रका झक्कु सुवेदी, राप्रपाबाट नीरञ्जनकुमार थापा र जनमत पार्टीका बालगोविन्द चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभाका सांसद अनिता देवकोटा र कुमार दशौंदीको कार्यकाल सकिन लागेपछि निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया