आइतबार, जेठ ६, २०८१

शाहरुख खानकाे ‘डंकी’ले ८ दिनमा कति कमायाे ?

मेरोन्यूज २०८० पुष १३ गते १२:५८

काठमाडौं । शाहरुख खान अभिनित फिल्म ‘डंकी’ रिलिज भएको एक साता पार भइसकेको छ ।

Advertisement

शाहरुखका अघिल्ला फिल्मको तुलनामा ‘डंकी’ ले त्यति राम्रो व्यापार त गर्न सकेन, तर पनि फिल्मले दशर्कको माया भने पाइरहेको छ ।

डंकी’ ले आठौं दिन बिहीबार ९ करोड भारुको व्यापार गरेको छ । तर, फिल्मको कलेक्शनको यो आँकडा अनुमानित हो । वास्तविक तथ्याङ्क आउन बाँकी छ ।

२१ डिसेम्बरमा सिनेमाघरमा रिलिज भएको ‘डंकी’को आठ दिनको कुल बक्स अफिस कलेक्शन हेर्ने हो भने १६१ करोड भारु पुगेको छ ।

फिल्मको बजेट शाहरुखका अघिल्ला फिल्म ‘पठान’ र ‘जवान’ भन्दा निकै कम रहेको बताइएको छ । ‘डंकी’ को बजेट करिब १२० करोड भारु रहेको भनिएको छ । यस हिसाबले फिल्मले आफ्नो बजेट सुरक्षित गरिसकेको र नाफामा गइसकेको देखिन्छ ।

यद्यपि यस विषयमा आधिकारिक पुष्टि भने हुन सकेको छैन । यस हिसाबले हेर्ने हो भने डंकी’ प्रभावशाली फिल्म बनेको छ र अब यस फिल्मको जति कलेक्शन छ, त्यो फिल्मलाई हिट बनाउन प्रभावकारी साबित हुनेछ ।

प्रतिक्रिया