शुक्रबार, जेठ ४, २०८१

बिहिवार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

मेरोन्यूज २०८० पुष १२ गते ११:३३

काठमाडौँ । नेपाली बजारमा विहिबार पनि आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढेको छ ।

Advertisement

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २० हजार ७०० रुपैँयामा कारोबार भईरहेको छापावाला सुन, आज १३०० रुपैँयाले बढेर १ लाख २२ अजार रुपैयामा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन १३०० रुपैँयाले बढेर प्रतितोला १ लाख २१ हजार ४०० मा कारोबार भईरहेको छ ।

यस्तै,आज चाँदीको मूल्यमा १५ रूपैयाँले बढेर तोलामा १४ सय ९० रुपैयाँमा काराेबार भईरहेको छ।

प्रतिक्रिया