आइतबार, जेठ ६, २०८१

‘एनिमल’मा बेड सिन दिएकी तृप्तिले ‘आशिकी-३’ मा कार्तिक आर्यनसँग राेमान्स गर्ने

मेरोन्यूज २०८० पुष ११ गते १५:५५

काठमाडौं । ‘एनिमल’मा सहायक पात्रको भूमिका निभाएकी अभिनेत्री तृप्ति डिमरी यतिबेला निकै चर्चा बटुलिरहेकी छन् । चलचित्रमा उनको अभिनयलाई लिएर दर्शकहरुले खुब तारिफ गरिरहेका छन् ।

Advertisement

‘एनिमल’मा अभिनेता रणवीर कपूरसँग रोमान्स गरेपछि तृप्ती चर्चाको केन्द्रमा आएकी हुन् । दर्शकले उनको अभिनयले रश्मिका मन्दानालाई पछि पारेको भन्दै अब तृप्तीलाई नेशनल क्रश बताइरहेका छन् ।

यसैबीच उनी कार्तिक आर्यनसँग फिल्म ‘आशिकी ३’ मा देखिने खबर आएको छ। अनुराग बसुले निर्देशन गर्ने फिल्मलाई भुषण कुमारले निर्माण गर्नेछन्।

यो आशिकीको तेस्रो सिक्वेल हो । आशिकीमा राहुल रोय र अनु अग्रवाल देखिएका थिए भने ‘आशिकी २’ मा आदित्य रोय कपुर र श्रद्धा कपुरले अभिनय गरेका थिए । दुवै फिल्म बक्स अफिसमा सुपर हिट भएका थिए ।

अनुराग बसुद्वारा निर्देशित ‘आशिकी ३’ को सुटिङ सन् २०२४ मा सुरु हुनेछ ।

प्रतिक्रिया