शुक्रबार, जेठ ४, २०८१

सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्बकाे काराेबार

मेरोन्यूज २०८० पुष ११ गते १५:३३

काठमाडौं । सेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक १७ दशमलव २३ अंकले घटेर २,०७० को विन्दुमा कायम भएको हो।

Advertisement

बुधबार ८३ कम्पनीको शेयर मुल्य बढेको छ भने १५९ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २४ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको १८ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्यज्योति लाइफको १६ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको १६ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया