आइतबार, जेठ ६, २०८१

ह्वात्तै घट्याे ‘डंकी’को व्यापार, ६ दिनमा कमाइ कति ?

मेरोन्यूज २०८० पुष ११ गते १२:२३

काठमाडौं । शाहरुख खान अभिनित ‘डंकी’को व्यापारमा छैटौं दिन भारी गिरावट आएको छ । रिलिजको पाँच दिन बक्स अफिसमा ठीकठाक व्यापार गरेको फिल्मको कमाई छैटौं दिन घटेको हो ।

Advertisement

२१ डिसेम्बरमा रिलिज भएको ‘डंकीलाई लिएर शाहरुखका फ्यानहरु माझ ठुलो हाइप थियो । तर कमाईको हिसाबले फिल्मले त्यति बलियो छाप छोड्न सकेको छैन ।

भारतीय समाचारमाध्यमका अनुसार मंगलबार फिल्मले १०.५ करोड भारु कलेक्सन गरेको छ। फिल्मको कमाई अनुमान गरिए पनि यकिन आँकडा आउन बाँकी छ । तर विगतका दिनको तुलनामा ‘‘डंकी’को यो बक्स अफिस कलेक्शन निकै कम मानिएको छ ।

यसबाट फिल्मले फ्यानको मन जित्न असफल भएको प्रष्टै भन्न सकिन्छ । शाहरुख खानको स्टारडमका अनुसार यो कलेक्शन औसत मानिएको छ ।

फिल्म ‘डिंकी’ को कथा इमोशनल, ड्रामा र कमेडीले भरिपूर्ण छ । तर, यसका बाबजुद पनि यो फिल्मले दर्शकमा आफ्नो जादु फैलाउन सकेको छैन ।

मंगलबारको कमाईको आँकडा जोड्ने हो भने शाहरुख खानको ‘डंकी’को कुल बक्स अफिस कलेक्शन १४० करोड भारुको नजिक पुगेको छ ।

फिल्मले पहिलो दिन २९.२ करोड, दोस्रो दिन २०.१२ करोड, तेस्रो दिन २५.६१ करोड, चौथो दिन ३०.७ करोड, पाँचौं दिन २४.३२ करोड भारुकाे व्यापार गरेकाे थियाे ।

प्रतिक्रिया