शनिबार, जेठ ५, २०८१

रणवीर र आलियाले पहिलो पटक सार्वजनिक गरे छोरीको अनुहार

मेरोन्यूज २०८० पुष ९ गते १७:५६

काठमाडौं । रणवीर कपुर र आलिया भट्टले आफ्ना फ्यानहरुलाई ‘क्रिसमस डे’ मा एक उपहार दिएका छन् । यो जोडीले पहिलो पटक आफ्नी छोरी राहालाई सार्वजनिक रुपमा अगाडि ल्याएका हुन् ।

Advertisement

सोमबार यो जोडी परिवारको वार्षिक क्रिसमस लंचमा पुगेको थियो। यहीँ समयमा रणवीर र आलियाले पहिलो पटक छोरी राहासँग मिडियाको अगाडि पोज दिएका थिए ।

दुवैको छोरीसँगको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सोमबार खाना खान पुगेका रणवीरले कारबाट ओर्लिएर सबैभन्दा पहिले मिडियालाई आफूले राहालाई पोज दिन ल्याएको जानकारी दिए । यसपछि उनी र आलियाले छोरीसँग पोज खिचाए ।

प्रतिक्रिया