शनिबार, जेठ ५, २०८१

अरबाज खानले गरे दोस्रो विवाह (तस्बिरहरु)

मेरोन्यूज २०८० पुष ९ गते १५:२०

काठमाडौं । बलिउड अभिनेता तथा निर्माता अरबाज खानले दोस्रो विवाह गरेका छन् । ५६ वर्षीय अरबाजले आइतबार मेकअप आर्टिस्ट शुरा खानसँग विवाह गरेका हुन् ।

Advertisement

शूरा बलिउड अभिनेत्री रविना टण्डन र उनकी छोरी राशाको व्यक्तिगत मेकअप आर्टिस्ट हुन् । उनको आगामी फिल्म ‘पटना शुक्ला’ को सेटमा अरबाजसँग भेट भएको थियो । दुवै एकअर्काको बारेमा धेरै गम्भीर थिए र चाँडै विवाह गर्न चाहन्थे ।

विवाह समारोह आइतबार साँझ अरबाजकी बहिनी अर्पिता खानको घरमा भएको थियो ।

विवाहमा अरहान खान पनि सहभागी थिए । अरहान अरबाज र उनकी पहिलो पत्नी मलाइका अरोराका छोरा हुन् ।

अरबाज पछिल्लो समयसम्म मोडल जर्जिया एन्ड्रियानीसँग डेट गरिरहेका थिए । ४ वर्षसम्म रिलेसनसिपमा रहेपछि केही दिनअघि मात्र उनीहरुको ब्रेकअप भएकाे थियाे । जर्जियाले पनि आफ्नो धेरै अन्तर्वार्तामा यसको पुष्टि गरिसकेकी छिन् ।

अरबाजले पहिलाे विवाह सन् १९९८ मा अभिनेत्री मलाइका अरोरासँग गरेका थिए । विवाहको १९ वर्षपछि सन् २०१७ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो ।

प्रतिक्रिया